दफा १८
समितिको बैठक
(१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। (२) रोजगारदाता र श्रमिकको प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिला सहित दुई जनालाई समितिको बैठकमा आमन्त्रण गरिनेछ। (३) समितिको निर्णय सदस्य-सचिवले प्रमाणित गरी राख्नु पर्नेछ। (४) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ। (५) समितिको बैठक तथा निर्णयको कार्यान्वयन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।